अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रबाट निर्वाचित पूर्व जनप्रतिनिधि एमालेलाई भोट माग्दै

माओवादी केन्द्रबाट निर्वाचित पूर्व जनप्रतिनिधि एमालेलाई भोट माग्दै


चरिकोट – नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्व जनप्रतिनिधि चन्द्रमाया थामी एमालेको चुनावी अभियानमा सक्रिय हुनुभएको छ ।

नेकपा एमालेले दोलखाको बारेमा आज आयोजना गरेको कार्यक्रममा उहाँले माओवादी परित्यागको घोषणा गर्दै एमाले उम्मेदवारलाई सूर्य चिन्हमा मत दिएर विजय गराउन आग्रह गर्नुभयो । ‘माओवादी छोडेर विगतदेखिनै एमालेको पक्षमा उभिन खोजेको हुँ, ‘तर जबरजस्ती माओवादीमै राख्न खोजियो, आजदेखि एमालेको पक्षमा उभिएको जानकारी गराउँछु, र आउने चुनावमा सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजय गराउन आग्रह गर्छु, उहाँले भन्नुभयो ।’

उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा कालिञ्चोक गाउँपालिका २ नम्बर वडा सदस्यमा सबैभन्दा बढि मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्र बाबरेको प्रभावशाली नेतृत्व चन्द्रमायालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य डवल पाण्डे, प्रदेशसभा सदस्य २ नम्बर क्षेत्रका उम्मेदवार भरत केसी, कालिका पाठक, विन कुमार थामी, एमाले कार्यावाहक जिल्ला अध्यक्ष राजेन्द्र मानन्धर लगायतका नेताले स्वागत गर्नुभयो ।