अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ : ईश्वर पोखरेल

एमालेले स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ : ईश्वर पोखरेल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताउनुभएको छ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज यहाँ आयोजित बन्दसत्रमा बोल्दै उहाँले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन नेकपा ९एमाले०ले चाहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति बनाउन एमालेले चाहेको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै सङ्घर्ष गर्नुपरेको स्मरण गर्नुभयो । सङ्गठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा सङ्गठन हार्ने बताउँदै उहाँले सङ्गठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राख्नुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह गर्नुभयो ।