अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साका निर्वाचन अनुगमन अधिकृतको सुरक्षा गर्न प्रहरीलाई आयोगको पत्र

पर्साका निर्वाचन अनुगमन अधिकृतको सुरक्षा गर्न प्रहरीलाई आयोगको पत्र


काठमाडौं-निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई पत्र पठाएको छ ।

पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांंग्रेस उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले उनको आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको हो ।

पत्रमा रिजालले कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।