झापा – चुनावको मुखैमा जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय नेताले पार्टी छाड्नु भएको छ ।
झापा, कमल गाउँपालिका ६ निवासी जसपा राजनीतिक समिति सदस्य नित्यानन्द ताजपुरीया र केन्द्रीय सदस्य मोहितलाल कामतीले जसपा छाड्नुभएको हो ।
आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय महासचिवसमेत रहेका ताजपुरीया जापाका परिचित नेता हुन् । ताजपुरीया र कामतीले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधरण सदस्यसमेत नरहने घोषणा गरेका हुन् । चुनावको मुखमा पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
ताजपुरियाले यो बेलालाई दिएको जानकारी अनुसार गौरीगञ्ज, गौरादह, शिवसताक्षी लगायतका पालिका कमिटीले आज साँझ र भोलि बिहानसम्ममा सामुहिक राजिनामा घोषणा गर्दैछन् ।
राजिनामा लगत्तै राजनीतिक यात्रा कसरी बढाउने भनेर आफुहरु छलफलमा रहेको ताजपुरियाले बताउनुभयो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा जाँदै हुनुन्छ ।






प्रतिक्रिया