अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ-४ (ख) का उम्मेदवार घिमिरेको चुनावी अभियान आक्रामक बन्दै

मोरङ-४ (ख) का उम्मेदवार घिमिरेको चुनावी अभियान आक्रामक बन्दै


विराटनगर – मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाउनु भएको छ।
विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पार्नु भएको छ ।
एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा ‘तपार्ईंबाट ठूलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईंबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताउनु भयो ।


घिमिरेप्रति जेष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा जेष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतका कारण जेष्ठ नागरिकहरु खुशी भएका छन् । घिमिरेले चुनाव जितेमात्रै जेष्ठ नागरिकको पक्षमा काम हुने उहाँहरूको भनाई छ ।
एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनिय काम गर्नुभएको छ । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिकको भवन निर्माण, प्रविधिमैत्री विद्यालय निर्माण, सामाजिक विकासका लगायतका क्षेत्रमा उल्लेखनिय काम गरेका छन् ।
पाँच वर्षको अवधिमा एमाले प्रदेशसभाका उम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।