अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाका प्रतिस्पर्धी सागर ढकाललाई डडेलधुरामा प्रचार-प्रसारमै रोक

देउवाका प्रतिस्पर्धी सागर ढकाललाई डडेलधुरामा प्रचार-प्रसारमै रोक


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध उम्मेदवारी दिएका सागर ढकाललाई प्रचार पसारमै रोक लगाउनु भएको छ ।

प्रधानमन्त्री देउवाले सत्ताको दुरुपयोग गरी ढकाललाई माइकिङसमेत गर्न नदिएको खुलासा उम्मेदवार स्वयं ढकालले गर्नुभएको हो । ढकाल देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । केही दिनअघि गृहजिल्ला हेलिकोप्टर लिएर पुग्नुभएका देउवाले ढकाललाई प्रचार प्रसार नै गर्न रोकेको ढकालले बताउनु भएको छ।

‘मलाई जोगाइदिनुस–जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार-प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ । शेरबहादुरले खुलमखुल्ला नियम कानून उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साङपाङ जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ,’ ढकालले लेख्नुभएको छ।