अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री बर्खास्त

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री बर्खास्त


पोखरा – गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनुभएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाउनुभएको छ ।

तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताउनुभयो । ‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन,’ उहाँले भन्नुभयो, ‘यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।’

स्रोतका अनुसार मन्त्री आचार्य बर्खास्त भएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । उहाँमाथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ । उहाँ नेपाल समाजवादी पार्टीका सांसद हुनुहुन्छ ।