अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि एमालेको सरकार बन्छ: अध्यक्ष ओली

निर्वाचनपछि एमालेको सरकार बन्छ: अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा एमालेको सरकार बन्ने निश्चित छ ।’

आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी)मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गर्नुभयो ।