अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज डलर र युरोकाे मूल्य बराबर

आज डलर र युरोकाे मूल्य बराबर


काठमाडौं-नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रूपैयाँ ०६ पैसा र बिक्री दर १५० रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।