अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई भोट हाल्ने हो, गठबन्धनलाई जनमतबाट तह लगाउने हो : गीता कार्की

एमालेलाई भोट हाल्ने हो, गठबन्धनलाई जनमतबाट तह लगाउने हो : गीता कार्की


रामेछाप – नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले सत्ता गठबन्धन भ्रष्टाचारमा लिप्त भएको बताउनु भएको छ।

नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले बुधबार गोकुलगंगा गाउँपालिका–१ चुचुरे शिवालयमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै कार्कीले गठबन्धनको कारण देश संकटमा पर्न लागेको बताउनुभयो । गठबन्धनलाई विधिवत् रूपमा विदाइ गर्ने अवसर मंसीर ४ को निर्वाचन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई भोट हाल्ने हो, गठबन्धनलाई जनमतबाट तह लगाउने हो ।’

राष्ट्रियता बचाउन र सन्ततिलाई समृद्ध नेपाल हस्तान्तरणको लागि नेकपा एमालेको सरकार ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । यसको लागि मङ्सिर ४ को निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनु पर्ने उहाँले बताउनुभयो ।