अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेवार समुदायले मनाए सकिमा पुन्ही

नेवार समुदायले मनाए सकिमा पुन्ही


काठमाडौं – काठमाडौं उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् ।

कात्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।

नयाँ गेडागुडीबाट विभिन्न देवीदेवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घरअगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरू बताउँछन् । यस क्रममा मंगलबार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो । गेडागुडीबाट देवीदेवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, शखरखण्ड, कन्दमुल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो ।