झापा- नेपाली काँग्रेसका नेता घनेन्द्र योङहासहित झापा-५ बाट करीब सय जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले दमकमा पार्टी प्रवेश गराउनु भएको हो । योङहा काँग्रेसको पूर्व महाविधेसन प्रतिनिधि हुनुहुन्छ । यसैगरी क्षेत्रीय सदस्य मोहन कुमार कार्की, पूर्व सदस्य बलभद्र कोइराला, लिला चुडाल कार्की,युवती ठाकुर,प्रदिप ढकाल,कबिर प्रसाईं सहित ७३ जना एमालेमा प्रवेश गरेको दमक नगर कमिटीले जनाएको छ।
उनीहरुलाई पार्टी प्रवेश गराएपछि अध्यक्ष ओलीले क्षमताको आधारमा सबैलाई समान जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।









प्रतिक्रिया