अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी काम गरे एमालेलाई भन्नुहोस् : अध्यक्ष ओली

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी काम गरे एमालेलाई भन्नुहोस् : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेले लिएको बताउनु भएको छ । एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि पनि विभिन्न सरकार बने पनि विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भए पछि मात्र लिएको उहाँको भनाई छ ।

आफ्नो गृह क्षेत्र झापा क्षेत्र-५ को दमकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले देशमा विकासको मार्गरेखा एमालेलेनै कोरेको भन्दै बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्ने पनि बताउनुभयो ।

नेपालमा औद्योगीकरण, गरीबी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरुमा एमालेको अगुवाई रहँदै आएको भन्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालेलाई विजयी गराई देश विकासको जिम्मा एमालेलाई दिएर ढुक्क हुन समेत उहाँले आग्रह गर्नुभयो ।

एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उहाँले ढुम्क भएर एमालेलाई विजयी गराउन समेत उहाँले आग्रह गर्नुभयो । हल्ला र भ्रमका पछि नलागी नेपाली जनताको पक्ष र देशको पक्षमा रहेको एमालेलाई प्रतिनिधिहरुलाई निर्वाचित गराउन आग्रह गर्दै एमाले अध्यक्ष ओलीले देशमा कहाँ कुन विकासको खाँचो छ त्यसलाई एमालेले पूरा गर्ने पनि बताउनुभयो । एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईचालो र पहिरो गएको समेत ओलीले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता घनेन्द्र योङ्या एमालेमा प्रवेश गर्दै यो देशको समृद्धी एमालेबाट मात्र सम्भव भएको बताउनुभयो। यस्तै हाडजोर्नी रोग विशेषज्ञ डाक्टर डिल्ली रिजाल, बलभद्र अधिकारी लगायतका व्यक्तिहरु समेत एमालेमा प्रवेश गर्नुभयो ।

आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीको उम्मेद्वारी झापा क्षेत्र नम्बर ५ बाट रहेको छ । आफ्नो गृह जिल्ला तथा गृह क्षेत्रका कार्यक्रममा सहभागी हुन उहाँ मंगलबार झापा आउनुभएको हो । यस क्षेत्रमा प्रदेश सभा सदस्यको उम्मेद्वारीका लागि झापा क्षेत्र नम्बर ५ क मा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र ५ (२) मा प्रदेश सचिवालय सदस्य होमबहादुर थापाको उम्मेद्वारी रहेको छ ।