झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता-कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओली भन्नुभयो, ‘हिजो हामीले नेकपा बनाएका थियौँ । तपाईंहरु माओवादीको होइन नेकपाको हुनुहुन्छ । प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनुस् ।’
अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी गर्नुभयो । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताउनु भयो । त्यस पार्टीमा अलमलिएर बसेको केही साथीहरुलाई एमालेमा फर्किन आग्रह गर्नुभयो।
कांग्रेससहित अरुका पछि नलाग्न आग्रह गर्नुभयो । स्वतन्त्र हुँ भनेर घण्टी बजाउँदै, लौरो टेक्दै आएकाहरुको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुहुन्छ, ‘कोहीलाई पत्रकारिता गर्दागर्दा राजनीति गर्न मन लाग्छ । ठीकै छ उम्मेदवार भएका छन् । तर, उनलाई भोट दिएर के गर्ने ? त्यस्ता मान्छे यहाँ पनि आएका होलान् । मैले धेरै बुझेको पनि छैन । तिनीहरुले केही गर्न सक्दैनन् । उम्मेदवार हुन पाइन्छ । तर, गर्ने के ?’






प्रतिक्रिया