अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले तामाकोसी तेस्रोको क्षमता घटायोः बालकृष्ण शिावाकोटी

गठबन्धन सरकारले तामाकोसी तेस्रोको क्षमता घटायोः बालकृष्ण शिावाकोटी


दोलखा – नेकपा एमाले दोलखाका नेता एवं प्रतिनिधीसभा ‍उम्मेदवार बालकृष्ण शिवाकोटीले गठबन्धन सरकारले तामाकोसी तेस्रोको क्षमता घटाएर योजना बन्न नदिएको बताउनुभएको छ ।

आज नेकपा एमालेले किर्नेमा आयोजना गरेको कार्यक्रममा बोल्दै शिवाकोटीले एमालेको सरकारले आयोजनालाई पूर्ण क्षमतामा निर्माण गर्न लागेको र सरकार परिवर्तन भएपछि योजना अलपत्र बनेको दावी गर्नुभयो ।

सरकार परिवर्तन हुनेवित्तिकै आर्थिक लेनदेन गरेर कुनै व्यापारीलाई लाइसेन्स सुम्पिएको छ । क्षमता समेत ६५० बाट २०० मा झारिएको छ। यसकाकारण दोलखा विकासमा पछि परेको शिवाकोटीले भन्नुभयो ।

एमाले सरकार बनेपछि सो योजना अगाडि बढाइने बताउँदै आफूलाई सूर्य चिन्हमा मतदान गरेर जिताउन उहाँले मतदातालाई अनुरोध गर्नुभयो ।