अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार सरोजराज अधिकारी सुन्धारामा झुण्डिएको अवस्थामा फेला

पत्रकार सरोजराज अधिकारी सुन्धारामा झुण्डिएको अवस्थामा फेला


काठमाडौं -पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले जानकारी दिनुभयो। हराएको भन्दै अधिकारीकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिनुभएको थियो।

खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले बताउनुभयो।

प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो। त्यसपछि उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए।

भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराले बताउनुभयो।

अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ।

उनको जासुसीको जालो नामक पुस्तक चर्चित छ। यसबाहेक उनका ‘चक्रब्यूहमा चन्द्रसूर्य’ र ‘धम्बोजी’ उपन्यास प्रकासित छन्। अधिकारीले कान्तिपुर दैनिक,नयाँ पत्रिका,नेपाल म्यागेजिन,नेपाल लाइभ अनलाइन,दृष्टि साप्ताहिकमा काम गरेका थिए ।