अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँग सेल्फी खिचाउन बालबालिका देखि वृद्धवृद्धासम्म (फोटो फिचर)

अध्यक्ष ओलीसँग सेल्फी खिचाउन बालबालिका देखि वृद्धवृद्धासम्म (फोटो फिचर)


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तस्विर खिचाउन चाहनेहरुले आज चार घण्टा समय पाएका छन् ।
झापाको दमकमा रहेको फन पार्कमा सेल्फी विथ केपी बा कार्यक्रममा सहभागी भएर हजारौं जनताहरुले अध्यक्ष ओलीसँग सेल्फी खिचेका छन् । सेल्फी खिच् वृद्धवृद्धा देखि बालबालिकासम्म फन पार्क आएको एमाले नेता तुलसी कार्कीले जानकारी दिनुभयो ।


अध्यक्ष ओलीसँग तस्विर खिच्न धेरैजनाले माग गरेको तर समय दिन नसकिएकोले आज तस्विर खिच्नका लागि मात्र चार घण्टा समय मिलाइएको कार्कीले बताउनुभयो । पार्कमा ठाउँ फराक हुने,विभिन्न दृष्य र लाइटमा तस्विर खिच्न सहज होस भनेर यस ठाउँमा प्रवन्ध गरिएको कार्कीले बताउनुभयो । कार्कीका अनुसार अपराह्न चार बजे देखि साँझ ८ बजेसम्म अध्यक्ष ओली र मेडम राधिका शाक्यसँग इच्छुकहरुले तस्विर खिचाएका थिए ।