मोरङ–निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि आज समय तय गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि उम्मेदवारी मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ । आज बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलको उम्मेदवारी मनोनयन दर्ता हुनेछ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।






प्रतिक्रिया