अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा ४.१ रेक्टरको भूकम्प

बाजुरामा ४.१ रेक्टरको भूकम्प


बाजुरा-बाजुरामा आज बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट मा भूकम्प गएको हो।

आजको भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । हिजो बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पले घर डोटी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु हुनुका साथै अन्य ८ घाइते भएका छन्। उक्त भूकम्पले डोटीमा धेरै घर भत्किएका छन्।