काठमाडौं-साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् ।
दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् । चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ ।
समूह ‘डी’मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्नेछ । समूहमा डनमार्क र ट्युनिसिया रहेका छन् ।
प्रतिक्रिया