अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ : सुवास नेम्वाङ

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ : सुवास नेम्वाङ


इलाम – नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नो दल एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताउनु भएको छ ।

उपाध्यक्ष नेम्वाङले मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने ठोकुवा पनि गर्नुभयो । इलाम नगरपालिका-९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार-प्रचार कार्यक्रममा उनले देशव्यापी रूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर-घरमा पुगेको बताउनु भयो। विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताउनु भयो ।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उहाँको भनाइ छ। नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप समेत लगाउनु भयो । उहाँले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने जानकारी पनि दिनुभयो ।