अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा एमालेको जित पक्काः प्रतिष्पर्धी उम्मेदवार नै समर्थनमा !  

दोलखामा एमालेको जित पक्काः प्रतिष्पर्धी उम्मेदवार नै समर्थनमा !  


चरिकोट – आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दोलखामा एमालेको जित पक्का देखिएको छ । प्रतिष्पर्धी उम्मेदवारले समेत एमालेका उम्मेदवारलाई समर्थन गरेपछि यस्तो आकलन भएको हो ।

बिहिबार नेकपा एमाले दोलखा प्रदेश (१) का उम्मेदवार नरबहादुर श्रेष्ठलाई प्रतिष्पर्धीले सर्मथन गर्नुभएको छ । नेपाल आमा पार्टीबाट प्रदेश (१) मा उम्मेदवारी दिएका भिमसेन बजगाइले तामाकोसी गाउँपालिका वडा-६ च्यामामा आयोजित एमाले चुनावी सभामा सम्वोधन गर्दै एमाले पार्टी र उम्मेदवार नरबहादुर श्रेष्ठलाई समर्थन गरेको घोषणा गर्नुभएको हो । नेपाल आमा पार्टीका उम्मेदवार बजगाइले एमालेले मात्रै देशमा विकासको नेतृत्व गर्न सक्ने भएका कारण एमाले उम्मेदवार श्रेष्ठलाई सर्मथन गरेको बताउनुभयो।