सल्यान – सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटनामा परेको हो।
उक्त ट्याक्टर दुर्घटनामा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइते हुनेमा बनगाड कुपिण्डे-१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन्।
घाइते ८ जनालाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।
घाइतेमध्ये तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।
बालुवालोड गरी थापाचौरतर्फ जाँदै गरेको ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ। ट्याक्टर चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया