काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा विभिन्न दलका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले प्रवेश गर्नेहरुमा राप्रपाबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको केशब डंगोल, गत वैशाखको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बन्नुभएको लुच्छे महर्जन, नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएको दिनेश प्रधान, नेपाली कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति, आशिष महर्जन रहनुभएको छ ।
त्यसैगरी राप्रपाका स्थानीय नेता विनोद राई, सानु लामा पनि एमाले प्रवेश गर्नुभएको छ । माओवादीका नेता प्रभाग मगर, राज गौतम, आलेक मगर, रुसल श्रेष्ठ, कुशल बगजाईं, अंकित चौलागाईं, आंश्विन क्षेत्री, राम भुसाल, इशान कार्की एमाले प्रवेश गर्नुभएको हो । त्यसैगरी जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय, विमला पाण्डे पनि एमालेमा सामेल हुनुभएको छ ।
उक्त क्षेत्रका युवाहरु सबल प्रजापति, नारायण महर्जन र सोनु तामाङ पनि एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले टिका लगाएर प्रवेश गराउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताउनुभएको छ।






प्रतिक्रिया