झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गर्नुभएको छ ।
झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य-मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’
चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताउनु भयो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको होला । महेन्द्रको पालामा पूर्व-पश्चिम राजमार्ग बने होलान् । तर, आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गरेको छ ।’






प्रतिक्रिया