अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवार नै एमाले प्रवेश

दाङमा शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवार नै एमाले प्रवेश


दाङ – नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलको क्षेत्रमा प्रतिनिधिसभामै उम्मेदवार रहेका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गर्नुभएको छ।

आज विज्ञप्ती जारी गर्दै खड्काले एमालेबाट नै देशले समृद्धि पाउने भन्दै एमाले प्रवेश गरेको बताउनु भयो । उहाँ मौलिक जरोकिलो पार्टीबाट उठ्नुभएको थियो ।

खड्काले आजकै मितिबाट पुरानो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ। पोखरेललाई जिताउन उहाँले पार्टी पंक्तिलाई आव्हानसमेत गर्नुभयो ।

‘मैले असोज २३ गते दिएको उम्मेदारी निष्क्रिय पार्दै शंकर पोखरेललाई समर्थन गर्दै एमालेमा प्रवेश गरेको छु, अब देश बनाउने पार्टी एमाले नै हो, म सबै पार्टीका नेता, शुभेच्छुकहरूलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दछु’, विज्ञप्तीमा उहाँले भन्नुभएको छ ।