काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गर्नुभएको छ ।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरु एउटा गठबन्धनमा छन् । तर, सबैको आ-आफ्नो घोषणापत्र छ। चुनावपछि के गछौँ भन्दा एउटाले एउटा कुरा भन्दा अर्कोले अर्को। गठबन्धन चाहिँ कायम राख्ने भन्छ तर, एउटा पूर्व जाने भन्छ अर्को पश्चिम । एउटा कार्यक्रम छैन ।’
अध्यक्ष ओलीले आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुखहरु लिएर अब सरकार नबनाउने बताउनु भयो ।
एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने उहाँले जिकिर गर्नुभयो ।






प्रतिक्रिया