अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल लागेको छ : एकनाथ ढकाल

केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल लागेको छ : एकनाथ ढकाल


धनुषा-नेपाल परिवार दल मधेस प्रदेश कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलको सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष  एकनाथ ढकालको प्रमुख आतिथ्यमा  बिहीबार जनकपुरमा भेला सम्पन्न भएको हो । 

नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदवार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरिबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । पूर्वमन्त्री समेत रहेका ढकालले विचारमा भिन्नताको बाबजुत पनि  बलियो  राष्ट्रियता , तीव्र विकास, सुशासन, कृषिमा आधुनिकीकरण, युवा रोजगार, नेपाली नागरिकहरूको एकतालगायत समानताको एजेण्डा एमालेसँग मिलेकाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिनुभयो ।

अहिलेको ५ दलीय गठबन्धनसँग देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेण्डा नभएको जिकिर गर्दै उहाँले नेपाली जनताले अब स्थायी सरकार  निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय एजेण्डा सफल बनाउनको लागि  एमालेलाई बहुमतले विजय गराएर पार्टी अध्यक्ष  ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको जानकारी दिनुभयो ।

अबको मुलुक परिवर्तन र मधेस प्रदेशको तीव्र विकास एमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणित भइसकेको बताउनुभयो । साथै  कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री एवं  मधेस प्रदेश संयोजक सन्तोष कुमार पौडेलले  ३५ हजार मत मधेस प्रदेशमा सूर्यमा खसाल्ने प्रतिबद्धता गर्नुभयो । उक्त कार्यक्रममा नेपाल परिवार दलका  महामन्त्री सन्तोष कुमार पौडेल ,केन्द्रीय सदस्य मनोज लाल कर्ण, सोभित मण्डल , पल्टन पटेल, रामविश्वास राय, रिता कुमारि महतो, पुरुषोतम कार्कि, रविन्द्र चौलागाई, बव्लु खानलगायत मधेस प्रदेशका नेताहरू र  अगुवा कार्यकर्ताहरूको बाक्लो  उपस्थिति रहेको थियो । भेलामा धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादवले स्वागत मन्तव्य राख्नुभएको थियो ।