काठमाडौं-रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराएको हो ।
खेलको ४० औँ मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडमार्फत गोल गर्दै एडर मिलिटाओले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा क्रुसले पेनाल्टी एरिया बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर काडिजका लुकास पेरेजले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन ।
१४ खेलपछि बार्साको ३७ अङ्क रहेको छ भने रियलको ३५ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अङ्क रहेको छ । अब विश्वकप नसकेसम्म स्पेनिस ला लिगाका खेलहरू खेलाइनेछैन । ३१ डिसेम्बरबाट पुनः लिग खेलहरू सञ्चालन हुनेछन् ।
प्रतिक्रिया