काठमाडौं-बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार अन्तिम खेल खेल्दैछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।
ढाकामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्ने योजनामा छ । यसअघिको तीन खेलमा नेपालले सहज जित निकालेको थियो ।
यसअघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । उता बंगलादेशलाई भने जितको आवश्यक छ ।
प्रतिक्रिया