झापा-झापा क्षेत्र नंं ४ का बासिन्दाका लागि खोला–नदीको कटान र डुबान मुख्य समस्या हो । तर पछिल्ला वर्षहरुका नदी किनारका बासिन्दाले ढुक्कले निदाउन पाएका छन् । कटान र डुवान समस्या समाधानका लागि नदी तटबन्धनको कार्यले स्थानीयबासीहरुलाई ठुलो राहत पुगेको छ । ‘यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो, जनताको तटबन्धन कार्यक्रम मार्फत नागरिकले अनुभूती गर्ने गरि काम भएको छ’– गौरीगञ्ज १ का विष्णु राजवंशीले बताउनुभयो ।
यस क्षेत्रबाट यस अघि समेत निर्वाचित संघीय सांसद एलपी साँवाको पहल र प्रयासमा मुख्य चुनौतीको रुपमा रहेको नदी कटानको समस्या न्युनीकरण भएको हो । यहाँको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रम मार्फत नदी नियन्त्रणको काम भएको छ ।

यहाँका कनकाई, बिरिङ, कमल, सानो माई लगायत अन्य साना खोलाहरु यस क्षेत्रका चुनौतीका रुपमा रहेका छन् । दुधे, झरना, बनियानी लगायत खहरे खोलामा आउने बाढीले पनि यस क्षेत्रका नागरिकमा त्रास बढाउछ र क्षती पनि गराउँछ । तर नदी कटानको समस्या समाधान गरि जनता जोगाउनु पर्यो भनेर साँवाले संसदमा आवाज उठाएपछि भने यहाँ तटबन्ध निर्माणले केहि निरन्तरता पाएको छ । जव संसदमा साँवाले यस क्षेत्रका नागरिकको समस्या बोल्न थाल्नु भयो, तव देखी यहाँका खोलाहरुमा धमाधम बाँध निर्माण हुन थालेका हुन् । साँवाकै पहल र नेतृत्वमा यहाँको कनकाई नदी अन्तर्गत भाकुरबारी–आमगाछी क्षेत्रमा, नदी नियन्त्रणको काम भएको छ । यहि नदीकै रङ्गीयाथान–टप्पुमा पनि बाँध बाँधीएको छ । होकलबारी क्षेत्रमा पनि सानो माईलाई नियन्त्तण गर्ने काम भएको छ । ‘एलपी साँवा माननीय भएपछि यस क्षेत्रको तटबन्धनका लागि मसिनो गरी काम सुरु भएको हो’ शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्की भन्नुहुन्छ ‘अघिल्लो चुनावमा पराजित भए पनि उहाँले साँसद सरह काम गर्नुभयो । ०७४ मा विजयी भएपछि कामले झन् गतिलियो ।’

गौरिगन्ज १, शिवगञ्ज, भेलामुनी, विश्वाडुवाको तटिय क्षेत्रलाई अहिले सुरक्षीत बाँध बाँधेर जोगाउने काम भएको छ । शिवसताक्षी वडा नं ४ , ५ र ६ को क्षेत्र, झापा गाउँपालिकाको बिरिङ नदि क्षेत्र अन्तरगर्त वडा नं १ , २, ७ मा पनि नदि नियन्त्तण गरिएको छ । बिरिङ नदिअन्तर्गतकै पान्थापाडा– झापागापाको वडा नं ५, –दुार्गापुर( क्षेत्र अर्थात कन्काई १ र ७ मा पनि नदी नियन्त्रणकालागि काम भएको छ । कमल बनियानी नदि अन्तर्गत शिवसताक्षी वडा नं १, २ र ३ मा, सताक्षी खोला वडा नं ६, ८ र ११ मा नदी नियन्त्रण भएकै कारण यहाँका बासिन्दाले सहज जिवनयापन गर्न पाएका छन् ।
खोलो बाँधियो–जग्गा फर्कियो
केहि वर्षं अघि सम्म वर्षायाममा खोलो बग्ने र हिउँदमा बालुवा उड्ने जमिनमा अहिले लहलह खेती हुन थालेको छ । आफ्नो जमिन खोलाले बगर बनाए पछि उठिबास हुनु पर्ने अवस्थामा पुगेका किसान अहिले खोलो तह लागे पछि भने बाह्रै महिना खेती गरेर आम्दानी लिन थालेका छन् ।
शिवसताक्षी नगरपालिकामा पर्ने दुधे पुल दक्षिण दुधे खोलामा २०० मिटर तटबन्धन भएको छ । यसबाट खोलाको कटान नियन्त्रण मात्र भएन करिब १५ विगाह जग्गा पुरानै अवस्थामा फर्किइएको छ । यसले किसानहरुलाई आफ्नै ठाउँमा बसेर गरी खान सक्ने अवस्था बनेको शिवसतक्षी ११ का देवेन्द्र खरेलले बताउनुभयो ।

वर्षौ सम्म कनकाई नदीको कटानबाट पिडीत भएकाहरु पनि अहिले त सन्तोसको स्वास फेर्न थालेका छन् । शिवसताक्षी १० का देवीप्रसाद अधिकारीलाई अब त कनकाईले दुःख दिने दिन गए भन्नुहुन्छ । यस्तै खोला पिडीत केशव ढकाल पनि केहि वर्ष देखि कटान नियन्त्रणले गति लिए पछि खोलाकै कारण उठिबास हुने दिन सकिए भन्नेमा आशावादी हुनुहुन्छ ।
जहाँ समस्या, त्यहाँ साँवा
अधिकांश जनप्रतिनिधीहरुलाई लाग्ने आरोप भएको चुनाव पछि निर्वाचन क्षेत्रमा फर्किएर नै आउँदैनन् भन्ने हो । तर झापा क्षेत्र नं. ४ बाट निर्वाचित साँवालाई भने जव समस्या पर्छ, नागरिकले सम्झिहाल्छन् । त्यसैले जहाँ समस्या पर्छ, त्यहाँ साँवाको उपस्थिती पनि हुने गरेको छ । नदी कटानको समस्या समाधानका लागि होस् वा पुल–कलभर्ट नहँुदा जनताले पाएको सास्ति, समाधानमा उहाँ उत्तिनै खटिने गर्नु भएको छ । उहाँको पहल र प्रयासमा भएका योजनाकै कारण नागरिकको जीवन स्तरमा पनि परिवर्तन आएको छ ।
वर्खायाममा दक्षिणी झापा गाउँपालिकाको– ५ वटा वडावासीहरुको प्रायः भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कि त ठुलो जोखिम मोलेरै सानो माई तरेर वारीपारी गर्नुपर्दथ्यो । नभए, २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन । तर, अचेल यस्तो समस्या छैन ।
यस क्षेत्रका सांसद एलपी साँवाको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वडा विच नागरिकको आवतजावत गर्न सजिलो भएको छ । पुल निर्माणसँगै झापा गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ नम्बरवासीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । पुल नहुँदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो । यस्ता दर्जनौ योजनाहरु उहाँको पहलमा भएका कारण नागरिकको जीवनशैली समेत सहज बन्दै गएको भनाई छ, शिवसताक्षी ३ का कुमार श्रेष्ठ को ।






प्रतिक्रिया