अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्यालहरूले ठाडो घाँटी लगाएर हुँ-हुँ गर्दै एमाले कब्जा गर्न खोजे: अध्यक्ष ओली

स्यालहरूले ठाडो घाँटी लगाएर हुँ-हुँ गर्दै एमाले कब्जा गर्न खोजे: अध्यक्ष ओली


धरान – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको खुलासा गर्नुभएको छ ।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने । स्यालहरूको जमातले एमालेलाई नै कब्जा खोजे ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा स्याल एक ठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ-हुँ गर्नैपर्छ । नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले।’

विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आन्दोलनलाई बलिाये बनाउने अभियान थालेको छु। सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं । त्यो घोषणापत्र चुनावपछि सोही नीति अनुसारको बनाएर कार्यक्रम लागू गर्छौं भनेर तालमेल गर्यौं। दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो। तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकुल, कम्फर्टेबल वाला।’

अध्यक्ष ओलीले हेदौहेर्दै आफूलाई सडकबाटै साधरण सदस्य समेत नरहने गरी निश्कासन गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै सडकबाट निर्वाचित अध्यक्षलाई सडकबाट साधरण सदस्य पनि नरहने गरी निश्कासन गरे । एमाले सिद्याउने षडयन्त्र थियो, तर एमाले ९३ सालदेखिको संगठनात्मक इतिहास, आन्दोलनको इतिहास बोकेको पार्टी हो त्यो हुन दिइँदैन।’