बागलुङ – मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउनको लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले नमूना मतदान गरेको छ ।
बागलुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य (१) का उम्मेदवार हिराबहादुर केसीले नमूना मतदानको उद्घाटन गर्नुभयो।
मतदाता शिक्षालाई प्रभावकारी बनाउँनको लागि जिल्लाका २ निर्वाचन क्षेत्रका १० वटै स्थानीय तहमा नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनुभयो ।
उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहभागी गराएर गरिएको नमूना मतदानमा महिला र पुरुष छुट्छुट्टै घेराको व्यवस्थापन, नेपाल प्रहरी, म्यादी प्रहरी परिचालन गरी मतदाताले मत बदर नगरुन र मतको सदुपयोग होस भन्ने उद्देश्यले नमूना मतदान कार्यक्रमको आयोजना गरिएको रिजालले बताउनुभयो ।
बागलुङ नगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, नेकपा एमालेका प्रदेशसभा सदस्य पदका समानुपातिक उम्मेदवार लिलबहादुर राना, गोविन्द नेपाली, कृष्ण पाठक, राष्ट्रिय जनमोर्चाका थानेन्द्र सुवेदी लगाएत सहभागी भएका थिए ।






प्रतिक्रिया