चरिकोट – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखाले घरदैलो कार्यक्रममा तिव्रता दिएको छ ।
नेकपा एमाले दोलखाले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित ४८ हजार घर पुगौं, ५१ हजार परिवार भेटौं अभियान सुरु गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
घरदैलो अभियानमा नेकपा एमाले दोलखाले सम्पुर्ण वडा तथा टोल कमिटीहरु परिचालन गरेको छ । जसको परिणाम स्वरुप ९ वटा पालिकाका ७४ वटा वडाहरुमा पहिलो चरणको घरदैलो अभियान सम्पन्न भई दोस्रो चरणको अभियान सुरु भएको छ ।
जिल्लाकै सबैभन्दा बढी मतदाता भएको भीमेश्वर नगरपालिकामा चुनावी प्रचार अभियान तिब्र पारिएको नेकपा एमाले भीमेश्वर नगरका चुनावी कमाण्डर तथा नेकपा एमालेका कार्यबाहक अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । मानन्धरका अनुसार भीमेश्वर नगरपालिका भित्र घरदैलो अभियान, मतदाता भेटघाट, कोण सभा र आमसभा जारी रहनुको साथै सामाजिक सञ्जाल र प्रविधिको सही किसिमले प्रयोग भईरहेको गर्दै अभियान अगाडी बढाइएको छ ।

जिल्लाको गौरीशंकर गाउँपालिकाका सबै वडाहरुमा पहिलो चरणको घरदैलो कार्यक्रम सम्म भएको र पुन दोस्रो चरणको घरदैलो तथा भेटघाट अभियान सुरु गरिएको गौरीशंकर गाउँपालिकाका चुनावी कमाण्डर स्वयंमबहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाको बैत्यश्वर गाउँपालिकामा पनि सबै वडाहरुमा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न भएको र भोलि हुने गाउँपालिका स्तरिय आभसभाको तयारी भइरहको बैत्यश्वर गाउँपालिकाका चुनावी कमाण्डर हर्कमान पाख्रिनले जानकारी दिनुभयो । उता जिरी नगरपालिकामा पनि नेकपा एमालेको तर्फबाट चुनावी प्रचारका सबैवडा कमिटीलाई घरदैलो केन्द्रित गतिविधिमा परिचानल गरिएको जिरी नगरपालिकाका चुनावी कमाण्डर टंक जिरेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधिसमा सदस्यका उम्मेद्धवार बालकृष्ण शिवाकोटीको गृहपालिका कालिञ्चोक गाउँपालिका पनि चुनावी अभिायन तिब्र पारिएको छ । कालिञ्चोक गाउँपालिकाका चुनावी कमाण्डर कालिका पाठकका अनुसार सबै वडा कमिटी परिचालन गरी घरदैलो अभियान जारी राखिएको छ । उता जिल्ला उत्तरी विगु गाउँपालिकामा पनि पलिलो चरणको घरदैलो अभियान सम्म्पन भई दोस्रो चरणको प्रचार प्रचार तथा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको बिगु गाउँपालिकाका चुनावी कमाण्डर कृष्ण भुजेलले जानकारी दिनुभयो ।
सबै क्षेत्रमा कार्यकर्ताहरु उच्च मनोबलका साथ पार्टी जिताउन खटिएको नेकपा एमाले वागमती प्रदेश सभा सदस्य तथा प्रदेश (ख) का चुनावी कमाण्डर डबल पाण्डेले वताउनुभयो । ‘हामी दुवै क्षेत्रमा प्रदेश १० हजार मतअन्तर तथा संघमा सो को दोब्बर मतान्तरले जित्नेगरी अभियान अगाडी बढाईरहेका छौं’ पाण्डेले भन्नुभयो ।






प्रतिक्रिया