अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंक र ‘द हिमालयन ग्रिल’बीच ग्राहकलाई छुट दिने सम्झौता

कुमारी बैंक र ‘द हिमालयन ग्रिल’बीच ग्राहकलाई छुट दिने सम्झौता


काठमाडौं – कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेकोबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ।

आफ्ना ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

द हिमालयन गृल बाइ बाजेकोको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका हुन्।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो।

सहकार्यपश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले द हिमालयन ग्रिलको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।  

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।