अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाबीच चुनावी तालमेल गर्ने

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाबीच चुनावी तालमेल गर्ने


प्‍युठान – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ ।

आज नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमति गरेका हुन् ।

उक्त सहमति पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने उल्लेख गरेको छ ।

हेर्नुहोस् सहमति पत्र: