अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यमा मत समाज परिवर्तनका लागिः बालकृष्ण शिवाकोटी

सूर्यमा मत समाज परिवर्तनका लागिः बालकृष्ण शिवाकोटी


चरिकोट – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण शिवाकोटीले समाजको परिवर्तनका लागि नेकपा एमालेलाई मत दिनुपर्ने बताउनु भएको छ।

नेकपा एमाले बैत्यश्वर गाउँ कमिटी वडा नम्बर ८ क्षेत्रपाद्वारा आयोजित विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै आफूले माओबादी पार्टीको स्थापना हुनु अगावै राजनिती सुरुवात गरेको हुँदा गठबन्धनका उम्मेदवारसँग आफ्नो प्रतिष्पर्धा नै नभएको बताउनुभयो ।

आमसभामा सम्बोधन गर्दै उहाँले राजनीति व्यक्तिको निमित्त नभई समाज परिवर्तनका निम्ति हुनुपर्नेमा गठबन्धनले व्यक्तिभन्दा बाहिर सोच्न नसकेको हुँदा उसले जितेमा देशमा अस्थिरता तथा अराजकता फैलने बताउनुभयो । एमालेको सरकार बनेपछि अहिलेसम्म केही न केही नयाँ कामको सुरुवात भएकै छ, त्यसैले मलाई भोट दिएर एमाले सरकार बनाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँले क्षत्रपा, मैनापोखरी सडक, लगायत अन्य सडकहरुको स्तरोन्नति, यहाँका बिद्यालयको स्तर, कृषि, स्वास्थ्यमा निरन्तर ५ वर्ष लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

सभालाई सम्बोधन गर्दै प्रदेश सभा (क) का उम्मेदवार नरबहादुर श्रेष्ठले आगामी मंसिर ४ मा एमालेको जित नभए मुलुक अस्थिरता तर्फ जाने चिन्ता व्यक्त गर्नुभयो । उहाँले हाम्रो देश नेपाल श्रीलंका जस्तो नहोस भन्दै ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउन एमालेका उम्मेदवारहरुलाई मतदान गरिदिन आम मतादाताहरुमा आग्रह गर्नुभयो ।

सभामा प्रतिनिधिसभा प्रदेश (क) का चुनावी कमाण्डर इश्वचन्द्र पोखरेल वैतेश्वर गाउँपालिकाका चुनावी कमाण्डर हर्कमान पाख्रीन, अनेरास्वियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य लगायतले सम्बोधन गर्दै एमालेले जितेमा मात्र आम नागरिकको हित हुने हुँदा सूर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउन आग्रह गर्नुभयो ।