अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यकः ईश्वर पोखरेल

मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यकः ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ।

आज काठमाडौंमा बागमती प्रदेशस्तरिय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै पोखरेलले विकास र समृद्धिलाई यस अघि पनि एमाले सरकारले अघि बढाएकाले अब पनि यसलाई निरन्तरता दिन एमालेकै सरकार आवश्यक पर्ने बताउनु भएको हो ।

उहाँले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगाएतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको दावी गर्नुभयो । त्यस्तै पोखरेलले अहिलेको मुख्य कार्यभार राजनीति स्थायीत्व रहेकाले पनि राजनीतिक स्थायीत्व नभई देश अघि बढ्न नसक्ने तर्क गर्नुभयो । राष्ट्रियहितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उहाँको भनाई छ । उहाँले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राख्नुभयो ।