काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैहुनुहुन्छ । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्नुभएका ओली फेरि सुदूरपश्चिम जान लाग्नुभएको हो ।
एमाले सुदूरपश्चिमका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गर्नुभएको थियो ।






प्रतिक्रिया