अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर-२ स् ‘एमाले त आयो-आयो’

भक्तपुर-२ स् ‘एमाले त आयो-आयो’


भक्तपुर – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको नजिकिदै गर्दा भक्तपुर क्षेत्र-२ को माहोल एका एक नेकपा एमालेको पक्षमा जनलहर उलिएको छ ।

एमालेका उम्मेदवारलाई जिताउन भक्तपुर क्षेत्र नम्बर २ का जनता स्वतस्फुर्त रुपमा घरदैलो तथा सडकमा आएका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेदवारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइसक्यो, घोषणा गर्नलाई मात्र निर्वाचन पर्खनु परेको छ ।

एमाले प्रचार-प्रसार कमिटीले आज सूर्यविनायक नगरपालिका वडा-९ र मध्यपुर थिमी नगरपालिका वडा-९ मा घरदैलो कार्यक्रम आयोजना गरेको थियो । सयौंको संख्यामा जनताको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा जनताले एमालेको उम्मेदवारहरु विजयी भइसकेको झल्को दिएका छन् । भक्तपुर क्षेत्र-२ का एमाले उम्मेदवारलाई आफुहरु विजयको माला लगाई दिन तयार अवस्थामा रहेको बताउँदै ‘मंसिर ४ एमालेको सरकार’ भन्ने अभियानले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए । अहिले नै एमाले भक्तपुरका जनताको प्यारो पार्टीको रुपमा रहेको उल्लेख गर्दै अब मंसिर ४ को निर्वाचनमा एमालेलाई रोक्ने हिम्मत कसैसँग नभएको बताए । गठबन्धका उम्मेदवारलाई हराउन जनता आतुर रहेको उल्लेख गर्दै भक्तपुर क्षेत्र नं. २ एमालेको लालकिल्ला बनाउने उद्घोष समेत जनताले गरेका छन् । र्‍यालीमा सहभागि जनता तथा कार्यकर्ताले क्षेत्र नं. २ मा ‘एमाले त आयो–आयो’ भन्दै एमालेको पक्षमा विभिन्न प्रकारका नाराहरू लगाउँदै घर घरमा पुगेका थिए ।

एमाले उम्मेदवारलाई स्थानीयवासीले घर घरमा माला, खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा वृद्धवृद्धा, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा एमलो उम्मेदवारलाई स्वागत गर्न गठबन्धन दलका कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो । एमालेका विकासप्रेमी नेतालाई विजय नगराउनु भक्तपुरकै लागि दुर्भाग्य हुने भएकाले एमालेका उम्मेदवारको पक्षमा मतदान गर्ने प्रतिबद्धता समेत अन्य पार्टीका कार्यकर्ताले उल्लेख गरे ।

घरदैलो कार्यक्रममा जनताको उत्साहले गर्दा एमालेका उम्मेद्वारहरु विजयी भइसकेको जस्तै देखिन्थ्यो । र्‍यालीमा जनताले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरू लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरूको बारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुस जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरू गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य, बागमती प्रदेशका सदस्य शशी जंग थापा, मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द प्रसाद दुलाल, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।