दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सबै प्रकारका जातीय र सामाजिक विभेदको विपक्षमा रहेको बताउनु भएको छ ।
आज दाङको घोराहीमा आयोजित सिलाई व्यवसायी तथा कालिगडसँगको बृहत् चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कानूनी रूपमा जातीय र सामाजिक विभेद अन्त्य भएको भए पनि अझै व्यवहारिक रूपमा त्यसको अन्त्य हुन नसकेको बताउनुभयो ।
नेकपा एमाले जातीय विभेद अन्त्यको लागि सामाजिक जागरण र कानुन निर्माणको काममा निरन्तर क्रियाशील रहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई छुवाछुत मुक्त मुलुक घोषणा गर्ने काम हाम्रै पार्टीको अगुवाइमा भयो, तर व्यवहारमा अझै पनि छुवाछुतजन्य व्यवहार छन् ।’
समाज जति सचेत हुन्छ त्यति नै व्यवहारिक रूपमा छुवाछुत अन्त्य हुने उहाँले प्रष्ट पार्नुभयो । परम्परागत रूपमा सञ्चालित व्यवसायलाई आधुनिकीकरण नगर्दा सो पेसामा आधारित समुदायको आर्थिक विकास हुन नसकेको उहाँले बताउनुभयो । यसको अन्त्यका लागि सीप र क्षमता विकास गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।






प्रतिक्रिया