अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठान : सूर्य थापा जितको नजिक,दुर्गा पौडेललाई काँग्रेस फकाउदै ठिक्क

प्यूठान : सूर्य थापा जितको नजिक,दुर्गा पौडेललाई काँग्रेस फकाउदै ठिक्क


प्यूठान -चुनावको मिति नजिकिँदै जाँदा प्यूठानका मतदाता दुई कित्तामा ध्रुविकृत भएका छन । नेकपा एमालेका युवा नेता तथा पोलिटब्यूरो सदस्य सूर्य थापा र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल मुख्य प्रतिस्पर्धी रहेको प्यूठानको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता आफै खुलेर पक्ष बिपक्षमा मत माग्न थालेको दृष्य पनि देखिएको छ ।
प्यूठानमा एमाले प्रदेशससभा सदस्य १ मा हरिप्रसाद रिजाल र २ मा तुल्सीराम शर्मा उम्मेदवार हुनुहुन्छ । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले आफ्नो गृहजिल्ला प्यूठानमा यसपटक पनि कान्छी पत्नी दुर्गाालाई सत्ता गठबन्धनको तर्फबाट पुनः उम्मेदवार बनाउनु भएको छ ।

अघिल्लो पटक नेकपा एमालेसँग गठबन्धन गरी सांसद निर्वाचित हुनुभएकी पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको पुरस्कारको रुपमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । प्यूठानमा नेकपा एमालेबाट पोलिटब्युरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा उम्मेदवार हुनुहुन्छ । पहिलो पटक प्रत्यक्ष चुनावमा भिडनु भएका थापा दुई जना प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा काम गरिसक्नु भएको छ ।
तात्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र हालका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा प्रेस सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । हक्की स्वभाव र प्रष्ट बक्ता थापा यतिबेला लिखित प्रतिवद्धतासहित चुनावी एजेन्डा लिएर गाउँ–गाउँ घरदैलोमा हुनुहुन्छ । नेकपाको बिभाजनसँगै बामदेव गौतम एमाले सकाउने मिसनमा लागेपछि काठमाडौं छाडेर प्यूठान आउनु भएका थापा त्यसयता गाउँकै जनतामाझ रहिरहनु भएको छ । चुनाव घोषणा र उम्मेदवारी दर्तापछि थापा प्यूठानको बिकाशका लागि ५१ बुँदे एजेण्डासहित मैदानमा हुनुहुन्छ ।

एमाले नेता थापाले प्यूठानको प्रमुख राजमार्ग भालुवाङ्ग–प्यूठान सडकलाई स्तरोन्नती एवं विस्तार गरी दुई लेन बनाउनेदेखि गौमुखी गाउँपालिकाको अर्खा रजवारा जोड्ने जिल्लाकै लामो झोलुंगे पुल बनाउनेसम्म योजना समेटनु भएको छ । अझै पनि विद्युत् विस्तार हुन नसकेका स्याउलीबाङ, काफलबुटा, काइया, एकराते, रुझिम, कुर्तिवाङ, स्याउले, खबाङ, रजवारा, अर्खा, पूजा, लिवाङलगायतका बस्तीहरूमा विद्युत विस्तार गरी सबै धरधुरीसम्म विद्युतको पहुँच स्थापित गर्ने र शतप्रतिशत प्यूठानीलाई अँध्यारोबाट उज्यालो बनाउने थापाको सार्वजनिक प्रतिबद्धता रहेको छ ।

यसैगरी जिल्लाका सबै स्थानीय तहको केन्द्रसम्म पुग्ने पहुँचमार्गहरूलाई कालोपत्रे गर्ने, बहुप्रतिष्ठित लुङग्री माडी सिंचाई आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्ने, झिमरुक ८ को लालीगुराँस रंगशाला दहियाल्नालाई राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने, भिंग्री–स्वर्गद्धारी सडकलाई सुरक्षित र व्यवस्थित यात्राको लागि स्तरोन्नति गरी दुर्घटनाको विद्यमान जोखिम अन्त्य गर्ने पनि थापाले प्रतिबद्धता जनाउनु भएको छ ।

थापाले अर्घाखाँची सन्धिखर्क–गोखुङ्गा–मर्कावाङ–खरिवोट–तिराम–दाङ्ग ९मदन भण्डारी राजमार्ग०, सिमलटारी–पुर्कोटदह–सौतामारे–मच्छी–स्वर्गद्वारी–रोल्पा ९मदन भण्डारी राजमार्ग०, अर्घाखाँची–जोगिटारी–चुँजाठाँटी–खलङ्गा–बिजुवार–दाखाक्वाडी–बर्जिवाङ–भिंग्री–स्वर्गद्वारी–रोल्पा ९६७ किमी० ९जीवराज आश्रित कृष्ण सेन इच्छुक मार्ग० खण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाई सम्पन्न गर्ने योजना पनि अघि सार्नुभएको छ ।

स्वर्गद्वारी विमानस्थल चाल्नेटारको जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण अघि बढ्न नसकेको हुँदा आवश्यक बजेट व्यवस्था गरी निर्माण गर्ने समेत प्रतिबद्धता छ । एमाले नेता थापाले ०७० को संविधानसभा निर्वाचनमा चुनावी कमाण्डर बनेर बामदेव गौतमलाई जिताउनका लागि जनताको घरदैलोमा पुगेर पार्टीलाई मत माग्नुभएको थियो । त्यसबेला प्यूठानका दुवै क्षेत्रबाट क्रमशः एमालेका गौतम र हिराबहादुर केसी दुबै निर्वाचित हुनुभएको थियो ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी दुर्गा पौडेलले पनि एमाले उम्मेदवार थापाले नै अघि सारेको बिषयलाई कपिपेष्ट गरेर १०१ बुँदे साझा प्रतिबद्धता जनाउनु भएको छ । ०७४ सालको निर्वाचनमा एमालेको मतले जित्नुभएकी पौडेललाई यसपटक कांग्रेसका मतदाता रिझाउनु पर्ने बाध्यता आएको छ ।

अघिल्लो चुनावमा कांग्रेसलाई देशबाटै लखेटनु पर्छ भन्दै कुर्लनुभएकी दुर्गा यसपटक कांग्रेस जस्तो ठीक कोही छैन भन्दै आफैमाथि गाली गर्नुपर्ने बाध्यतामा हुनुहुन्छ । कांग्रेसकै भोटले जित्ने आशा गर्नुभएकी पौडेललाई २०७४ को निर्वाचनमा कांग्रेसका मतदातामाथि गरेको गालीगलोजले सताइरहेको छ । त्यसमाथि चुनाव जितेर पाँच वर्ष गाउँ नफर्केको तथ्यले पनि लखेटिरहेको छ । बाढीपहिरो र कोरोनाको बेला जनतामा नपुगेको कारण मतदाता दुर्गाप्रति आक्रोशित देखिन्छन ।

यता एमालेका थापा अप्ठ्यारो परेको बेला जहिले नै प्यूठानी जनताको सेवामा लाग्ने गरेको कारण मतदाता आकर्षित छन । जिल्लाको बिकाशमा सदैव लागिपरेको कारण पनि थापालाई मतदाताले रुचाएको पाइएको छ । त्यसो त राष्ट्रिय जनमोर्चाकै नेताहरु समेत अव दुर्गालाई होइन, सूर्य थापालाई भोट दिनुपर्छ भन्न थालेका छन ।

चुनावी अभियान तीब्र बन्दै जाँदा कांग्रेसका मतदाता पनि सूर्यले त केही गर्छन भन्दै सघाउने मनस्थितिमा पुगेको पाइएको छ । मिति नजिकिँदै जाँदा दुर्गाको ग्राफ ओरालो लाग्ने क्रममा रहेको छ भने एमालेका थापाको ग्राफ उकालो लागिरहेको पाइन्छ । यही अवस्था मंसिर ४ सम्म कायम राख्न सफल भएको अवस्थामा एमालेका थापाले गठबन्धनका पौडेललाई पराजीत गर्दै संसदमा पाइला राख्न पाउने देखिएको छ ।