अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन् : केपी शर्मा ओली

स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन् : केपी शर्मा ओली


लम्की– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने बताउनुभयो ।

एमाले जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उहाँले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा ज्येष्ठ नागरिक छन् भनेर सम्झिने पार्टी एमाले हो, मासिक रु.१०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले मासिक रु चार हजार पुगेको छ, भत्ता बढ्नुमा एमालेको देन छ ।’