अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्नुहुने


काठमाडौं- निर्वाचन अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैहुनुहुन्छ ।
हिजो डोटी र धनगढीका आमसभालाई सम्बोधन गर्नु भएका अध्यक्ष ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कालिकोटको मान्मा,दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।