काठमाडौं-टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।
पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । त्यतिबेला युनिस खान टिमको कप्तान थिए । सन् २०१० मा इङ्ल्यान्डले पहिलो पटक यो ट्रफी जितेको थियो । त्यति बेला पल कलिङवुड टोलीका कप्तान थिए। यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी–२० विश्वकप ट्रफी हुनेछ।
दुई टोलीबीच २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो । १ खेल बराबरीमा सकियो र १ खेलमा कुनै नतिजा आएन।
यस विश्वकपमा इङ्ल्यान्डको यात्रा उतारचढावले भरिएको थियो । विश्वकपअघि इङ्ल्यान्डलाई जितको ठुलो दाबेदार मानिन्थ्यो । तर समूह चरणमा आयरल्यान्डसँग टोली स्तब्ध बनेको थियो । हारेपछि जोस बटलरको कप्तानीमा रहेको यो टोलीले उत्कृष्ट खेल्दै न्युजिल्यान्डलाई पराजित गर्यो र त्यसपछि श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै उनीहरूले आफूमा कुनै पनि टोलीलाई हराउन सक्ने शक्ति छ भन्ने प्रमाणित गरेका छन् ।
प्रतिक्रिया