विराटनगर – संखुवासभामा नेकपा माओवादी केन्द्रको भातृ संगठन युथ फोर्स नेपाल (वाइसीएल)का केन्द्रीय सचिवसहित दर्जनौँ नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका वाइसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमालेले मादीमा आयोजना गरेको चुनावी कार्यक्रममा उहाँहरु एमाले प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरुमा माओवदीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दिपेश खवास, मादी नगर कमिटी सदस्य शनक बहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पालगायतका नेता रहेका छन् ।
उहाँहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतम प्रदेश ‘ख’ का उम्मेदवार विदुर लिंथेप लगायतका नेताले प्रवेश गराएका हुन् ।
माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेपछि पृथक पाठकले देशको हित र जनताको जीवनस्तर उठाउन एमालले मात्र काम गर्न सक्ने बताए । देशको विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको पाठकले बताउनुभयो ।
पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा संखुवासभामा नेपाली कांग्रेस र माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेको संख्या बढ्दो रहेको एमालले बताएको छ ।






प्रतिक्रिया