काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डले झूटको प्रचार गर्दै हिँडेको आरोप लगाउनु भएको छ ।
कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशभर भाषणको क्रममा सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोलेको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाए । यो पनि मैले गरे । त्यो पनि मैले गरेँ । बर्खामा अस्ति पानी परेको पनि मैले पारिदिएको हो । यस्तै गफ दिनुहुन्छ । उहाँले जे पनि मैले गरे । यस्ता कुराको पछि नलाग्नुहोस् ।’
अध्यक्ष ओलीले अघिल्लो पटक माओवादीलाई आफूले भोट हालेर जितेकाले अब जितेर देखाउन चुनौती दिनुभयो ।






प्रतिक्रिया