अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको प्रचार टोलीमाथि गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण

रवि लामिछानेको प्रचार टोलीमाथि गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण


चितवन – चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहोराले आफूहरुको चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका साथै केही कार्यकर्तामाथि कुटपिट पनि भएको जानकारी दिनुभयो ।

चितवनमा रवि लामिछाने र सत्ता गठबन्धनका कार्यकर्ताबीच घरदैलो अभियानका क्रममा जम्काभेट भएका उनीहरुबीच केहीबेर तनाव उत्पन्न भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवाहरु भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ। त्यसपछि एउटा गाडीमा गठबन्धनका कार्यकर्ताले क्षति पुर्‍याएका छन्।’

कुरिनटारबाट नारायणगढतर्फ जाने क्रममा उनीहरु जम्काभेट भएका थिए। रविलामिछानेको पक्षले भने गठबन्धनले आफूहरुमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन्।