सुर्खेत -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर र प्रचण्ड को प्रतिपक्षी दलको नेता हुने टुंगो गर्न सुझाव दिनुभएको छ ।
आज सुर्खेतमा आयोजना गरिएको चुनावीसभामा बोल्दै अध्यक्ष ओलीले एमालेले सरकार बनाउने भएकोले दुई भाइ मध्ये को प्रतिपक्षी दलको नेता हुने टुंगो गरेर त्यसको तयारी गर्नुपर्ने बताउनुभयो ।
‘प्रचण्ड आफैंले माओवादी तेस्रो शक्ति हुन्छ भन्नुभएको छ । त्यसैले दोस्रो शक्ति शेरबहादुर होलान् । प्रतिपक्षी दलको नेता पनि उनै होलान् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रचण्ड जता लाग्छ त्यतै बहुमत आउछ भन्ने दिन सकिए । उनको बिचौलीया राजनीति अब सकियो । ’






प्रतिक्रिया