अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा गृहमन्त्री हुँदा म कम्तीमा ५० पटक गिरफ्तार भएँ:  केपी शर्मा ओली

देउवा गृहमन्त्री हुँदा म कम्तीमा ५० पटक गिरफ्तार भएँ:  केपी शर्मा ओली


दैलेख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू कम्तीमा ५० पटक गिरफ्तार भएको बताउनु भएको छ ।

दैलेखमा आइतवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देउवालाई मेरो प्रश्न छ, पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम के चाहिँ गर्नु भयो ? तपाईंले गरेका काम गृहमन्त्री हुँदा र प्रधानमन्त्री हुँदा एमालेका २० हजार कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाउनुभयो।’

अध्यक्ष ओलीले देउवा गृहमन्त्री हुँदा आफूलाई कम्तीमा ५० पटक गिरफ्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देउवाजी गृहमन्त्री हुँदा म कम्तीमा ५० पटक गिरफ्तार भएँ । बहुदल आएपछि देउवाजी गृहमन्त्री र प्रधानमन्त्री हुँदा शान्तिपूर्ण ढंगले बसेका १२२ जनालाई  गोली हानेर हत्या गर्नु भयो। कोही घरमा बसेका थिए, कोही साइकलमा हिँडेका थिए, कोही शान्तिपूर्ण कार्यक्रम गर्दा मारिए।’